३० भाद्र २०८३, मंगलवार

भोटेकोशीमा तिब्बततर्फबाट भीषण बाढी: पाँच जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता

24

रसुवा । रसुवाको भोटेकोशी नदीमा आज (बुधबार) बिहान करिब सवा ९ बजेतिर चीनको तिब्बततर्फबाट भीषण बाढी आएको छ। एक्कासि नदीको बहाव बढेपछि रसुवा प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढीको प्रकृति निकै ठूलो देखिए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ। बाढीका कारण भोटेकोशी र नारायणी नदीको तल्लो तटीय क्षेत्रमा पर्ने रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका बासिन्दालाई सुरक्षित रहन र सतर्कता अपनाउन प्रशासनले निर्देशन दिएको छ।

Author

Leave A Reply

Your email address will not be published.