३० भाद्र २०८३, मंगलवार

३ करोड ७१ लाख अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा सर्भेक्षक सुडीविरुद्ध मुद्दा दायर

35

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगको अनुसन्धान अनुसार, वि.सं. २०४६ देखि २०८१ सम्मको अवधिमा सुडीको वैधानिक आय ६ करोड ३ लाख ८५ हजार रुपैयाँ देखिए पनि सोही अवधिमा उनको खर्च र लगानी ९ करोड ७५ लाख ६९ हजार रुपैयाँभन्दा बढी पाइएको छ । स्रोत नखुलेको उक्त ३ करोड ७१ लाख ८४ हजार रुपैयाँ बराबरको सम्पत्ति उनले सार्वजनिक पदको दुरुपयोग गरी आर्जन गरेको अख्तियारको ठहर छ ।

अख्तियारले सुडीलाई बिगो बमोजिम जरिवाना र कैद सजायका साथै अवैध रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ । साथै, अवैध आर्जनबाट श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत जग्गा तथा सम्पत्ति खरिद गरिएको पाइएकाले उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको छ ।

Author

Leave A Reply

Your email address will not be published.