३० भाद्र २०८३, मंगलवार

प्रतिनिधि सभाको बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने

34

काठमाडौँ, ९ भदौ ।
संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको आज (मंगलबार) का लागि तय भएको बैठक विशेष कारणवश स्थगित भएको छ । आज दिउँसो १:०० बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणले बस्न नसक्ने भएपछि सूचना जारी गर्दै बैठकको समय हेरफेर गरिएको हो ।

प्रतिनिधि सभा सचिवालयले जारी गरेको सूचना अनुसार, प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले बैठकको मिति र समय परिवर्तन गर्नुभएको हो ।

अब प्रतिनिधि सभाको अर्को बैठक भोलि २०८३ भदौ १० गते बुधबार दिउँसो १:०० बजे बस्ने तय भएको छ । संसद् सचिवालयले सम्पूर्ण माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना सार्वजनिक गरेको छ ।

Author

Leave A Reply

Your email address will not be published.