२९ भाद्र २०८३, सोमबार

भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु: ४० भन्दा बढी नयाँ मोडलका सवारी सार्वजनिक गरिँदै

41

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करण मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ। एक्स्पोको उद्घाटन नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले संयुक्त रूपमा गर्नुभयो।

यस प्रदर्शनीमा ५५ वटा विभिन्न ब्राण्डका ४० भन्दा बढी नयाँ सवारी साधनका मोडलहरू सार्वजनिक गरिनेछन्। एक्स्पोमा चारपाँग्रेतर्फ हुन्डाई, टाटा, टोयोटा, बीवाईडी, एमजी लगायतका २३ वटा ब्राण्ड र दुईपाँग्रेतर्फ बजाज, होण्डा, टीभीएस, रोयल इन्फिल्ड लगायत १६ वटा ब्राण्डका सवारी साधनहरू सहभागी छन्।

यही ३१ गतेसम्म चल्ने यस मेलामा सर्वसाधारणका लागि २०० रुपैयाँ र विद्यार्थीका लागि ५० प्रतिशत छुटसहित १०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। 

Author

Leave A Reply

Your email address will not be published.