२९ भाद्र २०८३, सोमबार

करदाता उपहार कार्यक्रम: २५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

66

काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को पहिलो चरणको भाग्य चिठ्ठा (लकी ड्र) नतिजा सार्वजनिक भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा शुक्रबार भएको छनोट कार्यक्रममा एक किराना पसलबाट मात्र २५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार प्राप्त गरेका छन्।

विजेताले नियमानुसार २५ प्रतिशत कर कट्टी गरी ७ लाख ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। त्यस्तै, अन्य १५ जना उपभोक्ताले जनही १ लाख रुपैयाँ (कर कट्टा गरी) उपहार पाएका छन्। साउन १ गतेदेखि १५ गतेसम्म भएका २ करोड ५६ लाखभन्दा बढी विद्युतीय र ७ हजार बढी नगद कारोबारमध्येबाट ‘क्रिप्टोग्राफिक’ विधिमार्फत निष्पक्ष रूपमा विजेता छनोट गरिएको विभागले जनाएको छ।

उपभोक्तामा बिल माग्ने र व्यवसायीमा बिल जारी गर्ने संस्कृतिको विकास गरी कर चुहावट नियन्त्रण गर्ने उद्देश्यले सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत यो योजना ल्याएको हो। यस कार्यक्रममा सहभागी हुन विद्युतीय भुक्तानी गर्नेहरू स्वतः समावेश हुनेछन् भने नगद कारोबार गर्नेले विभागको वेबसाइट (www.prize.ird.gov.np) मा गई आफ्नो बिल अपलोड गर्नुपर्नेछ।

Author

Leave A Reply

Your email address will not be published.