नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग प्रधानमन्त्री शाहको छलफल
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग आज छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे यो भेटघाट तय भएको हो।
छलफलमा संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामासहित विभिन्न अर्गानिक चिया तथा कृषि उद्योगका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
नेपालमा जैविक (अर्ग्यानिक) कृषि उत्पादन, प्रशोधन, व्यापार र उपभोगको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस बैठकमा उद्योगी-व्यवसायीका जायज माग र समस्या समाधानका विषयमा कुराकानी हुनेछ। प्रधानमन्त्री शाहले मुलुकमा उद्योग व्यवसाय प्रवर्द्धनका लागि व्यवसायीहरूसँग निरन्तर संवाद गर्दै आउनुभएको छ।