२ आश्विन २०८३, शुक्रबार

 बीपी राजमार्ग बस दुर्घटना: मृत्यु हुने ८ जनाकै सनाखत (नामावलीसहित)

112

काभ्रे: बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा भएको बस दुर्घटनामा ज्यान गुमाउने आठै जनाको पहिचान खुलेको छ। बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुबहाक बस दुर्घटनामा परेको थियो,  दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मृत्यु हुनेहरूमा:१. मेघ बहादुर तामाङ (७३): रोशी–६, काभ्रे
२. राजु तामाङ (५५): रोशी–६, काभ्रे
३. इन्द्रबहादुर तामाङ (७५ – बस साहु): रोशी–६, काभ्रे
४. फुलमाया तामाङ (३४): रोशी–७, काभ्रे
५. माया लामा (६०): रोशी–७, काभ्रे
६. प्यारीमाया तामाङ (६०): रोशी–८, काभ्रे
७. बमबहादुर भण्डारी (३० – नेपाली सेनाका अमल्दार): दैलेख
८. सुमी लामा (२२): घ्याङलेख–४, सिन्धुली

दुर्घटनाका घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र मृतकका आफन्तहरूसँग समन्वय गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ।

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.