कैलालीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ
धनगढी । कैलालीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय प्रदिप चन्द र अन्य दुई जना रहेका छन् ।
ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा अस्थायी प्रहरी पोष्ट बेहडाबाबाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।