काठमाडौँ, ८ वैशाख । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाका अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा गठित समितिमा अर्थ सचिव डा. धनश्याम उपाध्याय र भुवन कुमार दाहाल सदस्य रहनुभएको छ।