३ आश्विन २०८३, शनिबार

जेनजी आन्दोलन प्रकरण: काठमाडौँका पूर्वसीडीओ छवि रिजाल पक्राउ

168

काठमाडौँ । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान सुविधानगरस्थित निवासबाटै पक्राउ गरेको हो ।

गत भदौ २३ गते भएको ‘जेनजी आन्दोलन’ को क्रममा बानेश्वरमा १९ जनाको ज्यान जाने गरी भएको दमनमा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा उनलाई पक्राउ गरिएको हो । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

यसअघि सोही प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् । रिजाललाई थप अनुसन्धान र म्याद थपका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । यसै प्रकरणमा जोडिएका पूर्वगृहसचिव गोकर्णमणि दुवाडी भने अझै पक्राउ परेका छैनन् ।

Author

Leave A Reply

Your email address will not be published.