८ बैशाख २०८३, मंगलवार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित, आइतबार बिहान ८ बजे पुनः बस्ने

55

काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक आजका लागि स्थगित भएको छ । पार्टी मुख्यालय सानेपामा बसिरहेको बैठक आगामी आइतबार बिहान ८ बजे पुनः बस्ने गरी स्थगित भएको हो ।

बैठकमा आज केन्द्रीय सदस्यहरूले पार्टीको आन्तरिक रणनीति, समसामयिक राजनीतिक अवस्था र आगामी महाधिवेशनको तयारी लगायतका विषयमा धारणा राखेका थिए । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार आजको निर्धारित छलफल सकिएकाले बाँकी विषयमा छलफल गर्न पर्सि बैठक बोलाइएको हो ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा आज विशेषगरी सरकारको कार्यशैली, साङ्गठनिक सुदृढीकरण र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रस्तावहरूमाथि केन्द्रित रहेर छलफल भएको थियो । आइतबारको बैठकले पार्टीको आगामी कार्यदिशा र आन्तरिक विवादका विषयमा केही महत्वपूर्ण निर्णयहरू गर्न सक्ने अनुमान गरिएको छ ।

Author

Leave A Reply

Your email address will not be published.