८ बैशाख २०८३, मंगलवार

राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु ओली

60

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै शाहीलाई दलको नेता र समानुपातिक सांसद खुश्वु ओलीलाई प्रमुख सचेतक चयन गरेको जानकारी दिएको हो ।

प्रतिनिधिसभामा राप्रपाका प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ चार गरी कुल पाँच जना सांसद रहेका छन् । यसअघि राप्रपाले फागुन २१ मा सम्पन्न निर्वाचनको परिणामपछि नयाँ जिम्मेवारी बाँडफाँड गरेको हो ।

Author

Leave A Reply

Your email address will not be published.