३ आश्विन २०८३, शनिबार

फेसबुकमा फेक आईडी बनाएर महिलाको चरित्र हत्या गर्ने युवक पक्राउ

131

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत एक महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–१ घर भई हाल काठमाडौँको नयाँबजार बस्ने २३ वर्षीय तपेन्द्र बिष्ट रहेका छन् ।

प्रहरीका अनुसार बिष्टले पीडित महिलाको नाममा फेसबुकमा नक्कली खाता (फेक आईडी) खोली उनको तस्बिर प्रयोग गरेर अपमानजनक र अमर्यादित सामग्रीहरू पोष्ट गर्ने गरेका थिए । साथै, उनले अपरिचित व्यक्तिका अश्लील भिडियोहरूमा समेत पीडित महिलाको नाम जोडेर दुःख र हैरानी दिएको साइबर ब्यूरोको दाबी छ ।

पीडितको उजुरीका आधारमा ब्यूरोबाट खटिएको टोलीले उनलाई सोमबार काठमाडौँबाट नियन्त्रणमा लिएको हो । उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.