८ बैशाख २०८३, मंगलवार

निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको अन्तिम प्रतिवेदन पेस

63

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच उक्त प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले कठिन परिस्थितिमा पनि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोग र राष्ट्रसेवक कर्मचारीहरूलाई धन्यवाद दिए । उनले यस निर्वाचनले नागरिकको निर्वाचन प्रणालीप्रतिको विश्वास बढाउनुका साथै लोकतन्त्रलाई थप मजबुत बनाएको धारणा व्यक्त गरे ।

फागुन २१ गते सम्पन्न निर्वाचनको प्रतिवेदन बुझाएसँगै अब नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु हुनेछ ।

Author

Leave A Reply

Your email address will not be published.