३ आश्विन २०८३, शनिबार

टेकुमा बन्धक बनाउने ३ जना पक्राउ, पीडितको सकुशल उद्धार

209

काठमाडौंको टेकुस्थित ‘रोडलाईन प्यालेस होटल’मा एक व्यक्तिलाई बन्धक बनाई कुटपिट गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुर्खेतका २६ वर्षीय फपेन्द्र न्यौपाने, जुम्लाका ३६ वर्षीय धनराज बस्नेत र होटल सञ्चालक कास्कीका ४२ वर्षीय शिव बहादुर घर्ती रहेका छन्।

पीडितलाई बन्धक बनाएर कुटपिट भइरहेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले पीडितको सकुशल उद्धार गरेको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

Author

Leave A Reply

Your email address will not be published.