३ आश्विन २०८३, शनिबार

काभ्रेमा भरुवा बन्दुकसहित एक महिला पक्राउ

192

काभ्रे
काभ्रेको पनौती नगरपालिका–६ गणेशथानबाट प्रहरीले एक थान भरुवा बन्दुकसहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ४६ वर्षीया सुनिता श्रेष्ठ रहेकी छिन् । आइतबार दिउँसो प्रहरी चौकी पनौतीबाट खटिएको विशेष टोलीले श्रेष्ठको घरमा खानतलासी गर्ने क्रममा लुकाइराखेको अवस्थामा १ थान भरुवा बन्दुक फेला पारेको हो ।

बन्दुक बरामद गरेसँगै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । उनीमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त बन्दुक कहाँबाट र कुन प्रयोजनका लागि ल्याइएको हो भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ ।

Author

Leave A Reply

Your email address will not be published.