३ आश्विन २०८३, शनिबार

झापामा २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ६४ वर्षीय वृद्ध पक्राउ

165

बिर्तामोड, झापा ।
झापामा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना ६४ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको बराह्रक्षेत्र नगरपालिका–७ बस्ने प्रमानन्द पौडेल रहेका छन् ।

प्रहरीका अनुसार पौडेलले ती महिलालाई जबरजस्ती करणी गरेको भनी प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको विशेष टोलीले उनलाई बिहीबार राति नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका पौडेलमाथि जबरजस्ती करणी सम्बन्धी मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अन्य आवश्यक कानुनी प्रक्रिया र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Author

Leave A Reply

Your email address will not be published.