बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कीर्तिपुरबाट एक जना पक्राउ
काठमाडौँ: १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-१० भत्केपाटी बस्दै आएका २० वर्षीय विकाश शर्मा रहेका छन्। भारतको बततिया घर भएका शर्मालाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।
बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरी चौकी कीर्तिपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।