३ आश्विन २०८३, शनिबार

डोल्पामा जिप दुर्घटना: एक जनाको मृत्यु, तीन घाइते

153

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३, रातजुरमा बिहीबार बिहान बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। त्रिपुराकोटबाट सुजिउ गाउँका लागि छुटेको ग.१ ज ८०९९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका त्रिपुरासुन्दरी–३ का ५५ वर्षीय धनचन्द्र धरलाको जिल्ला अस्पताल दुनैमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी रुकबहादुर खड्काले जानकारी दिए।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेहरूमा ३१ वर्षीया रमा बोहरा, ३१ वर्षीय सुकलाल गुरुङ र २५ वर्षीय चालक यलिसकुमार बुढाथोकी रहेका छन्। उनीहरूको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ। सामान्य घाइते रहेका चालक बुढाथोकीलाई प्रहरीले निगरानीमा राखेको छ।

Author

Leave A Reply

Your email address will not be published.