३ आश्विन २०८३, शनिबार

रामेछाप बस दुर्घटना: १२ जनाको मृत्यु, ११ जनाको पहिचान खुल्यो

127

काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको अरनिको यातायातको बस (प्र-३-००१-०५ ख ९९७५) मंगलबार बिहान रामेछापको त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७ पुरुष र ५ महिला रहेका छन्।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार मृतक १२ मध्ये ११ जनाको पहिचान खुलेको छ। सनाखत हुनेहरूमा दोलखाका बबी तामाङ र मानबहादुर तामाङ; रामेछाप लिखुका दिपेश बस्नेत, सानुमाया तामाङ, तारा तामाङ, भिमबहादुर तामाङ, रमिता तामाङ, दिपेन्द्र बस्नेत, र मानकुमारी बरुवाल रहेका छन्। त्यस्तै विशाल सुनुवार र सिन्धुलीका शिव श्रेष्ठको पनि पहिचान खुलेको छ। ५० वर्षीय एक पुरुषको भने पहिचान खुल्न बाँकी छ।

दुर्घटनामा ८ जना घाइते भएका छन्, जसमध्ये ७ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। सामान्य घाइते भएका बस चालक सुशान्त थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतहरूको शव मन्थली अस्पतालमा राखिएको छ।

Author

Leave A Reply

Your email address will not be published.