बर्दियामा जुवातास खेलिरहेका ६ जना पक्राउ
बर्दिया: बर्दियाको बारबर्दिया नगरपालिका-३ बेल्बज्जास्थित बाख्राको खोरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय कालुराम थारू समेत रहेका छन्।
मंगलबार राति इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४७ हजार ४ सय ८० रूपैयाँ र ७ बुक ताससहित नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।