तारकेश्वरबाट सालकको खपटासहित दुई पक्राउ
काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका-८ शिव मन्दिर चोकबाट संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार पक्राउ पर्नेहरूमा नुवाकोटका लिजोङ्ग तामाङ र श्याम ढुंगाना रहेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले २१ वर्षीय लिजोङ्ग तामाङ र ३९ वर्षीय श्याम ढुंगानालाई २ किलोग्राम तौलको सालकको खपटा र सालकको छाला सहितको खपटा २ थानसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। सालक संरक्षित वन्यजन्तुको सूचीमा रहेको र यसको चोरी निकासी तथा बेचबिखन गैरकानूनी मानिन्छ।