९ आश्विन २०८३, शुक्रबार

दशैं समाप्त गर्दै आज कोजाग्रत पूर्णिमा मनाइँदै

202

२०८२ असोज २० गते सोमबार, काठमाडौं।

आज आश्विन शुक्ल पूर्णिमाका दिन कोजाग्रत पूर्णिमा पर्व देशभर मनाइँदैछ। यस दिनलाई दशैंसमेत समाप्त गर्ने दिनका रूपमा लिइन्छ।

दशैंमा विजया दशमीका दिनदेखि आफ्ना गुरु, आमा–बाबु तथा वरिष्ठ सदस्यबाट टीका–आशीर्वाद ग्रहण गर्ने परम्परा छ। टीका र जमरा लगाएर आशीर्वाद लिने यो प्रथा पूर्णिमासम्म चल्ने भएकाले दशैं औपचारिक रूपमा आज समाप्त भएको मानिन्छ।

कोजाग्रत पूर्णिमामा धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा–आराधना गरिन्छ। रातभर जाग्राम बस्ने र दीप प्रज्वलन गर्ने परम्परा छ। यस दिन लक्ष्मीको आराधना गरी घरमा ऐश्वर्य, सम्पन्नता र सुख–समृद्धि आउने विश्वास गरिन्छ।

नेपालमा दशैंलाई वर्षको सबैभन्दा ठूलो पर्वका रूपमा मनाइन्छ। विजया दशमीका दिनदेखि आजसम्म आफ्ना आफन्त, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी र वृद्धबृद्धासम्मलाई टिका–आशीर्वाद दिने/लिने क्रम चल्ने परम्परा रहँदै आएको छ।

आज कोजाग्रत पूर्णिमासँगै यो वर्षको दशैं पर्व औपचारिक रूपमा सम्पन्न भएको छ।

Author

Leave A Reply

Your email address will not be published.