९ आश्विन २०८३, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको संशोधित तालिका सार्वजनिक

239

२०८२ असोज ०१ गते बुधबार, काठमाडौं।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको संशोधित समयतालिका सार्वजनिक गरेको छ। आगामी असोज ७ र ८ गते परीक्षा संचालन हुने परीक्षा बोर्डले जानेको छ।

बोर्डका अनुसार २०८२ सालको वैशाखमा सम्पन्न वार्षिक परीक्षामा केही परीक्षार्थीहरूको नतिजामा परिवर्तन भई मौका परीक्षा दिने व्यवस्था गरिएको हो।

सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम ‘D’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा ‘NG’ (Not Graded) पाएका, वा दुई विषयमा ‘D’ वा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा दुई विषयमा अनुपस्थित (Absent) भएका, वा अन्य विषयमा ‘D’ वा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा ‘NG’ वा एक विषयमा अनुपस्थित भएका परीक्षार्थीहरूका लागि यो परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ।

मौका परीक्षा बिहान ११:०० बजेदेखि २:०० बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.