९ आश्विन २०८३, शुक्रबार

धनुषामा ४७५ किलोग्राम गाँजा सहित २ जना पक्राउ

200

२०८२ असोज ०१ गते बुधबार, काठमाडौं।

धनुषाको विदेह नगरपालिका–३ जोगियाराबाट ४ सय ७५ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–१ का २४ वर्षीय बिराज गुम्बा र बाँके कोहलपुर पार्वतीपुरका १८ वर्षीय किशोर रहेका छन्।

मंगलबार बिहान वीरेन्द्रबजारतर्फ आउँदै गरेको प्र.३–०१–०२४ च ८३२५ नम्बरको पिकअप गाडीमा गाँजा ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको टोलीले गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्रबजारस्थित सडकमा सो गाडी नियन्त्रणमा लिएको थियो। गाडी रोकेर चालक बिराज र सहचालक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

अनुसन्धानका क्रममा उनीहरूले धरानबाट गाँजा ल्याई विदेह नगरपालिका–३ जोगियारास्थित एक इट्टाभट्टामा राखेको खुल्न आएपछि त्यहाँबाट १९ वटा पोका फेला पारी कुल ४७५ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.