सशस्त्र प्रहरी बलको अनुरोध: जेनजी प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका सुरक्षा सामग्री फिर्ता गर्न आग्रह
२०८२ भदौ २९ गते आईतबार, काठमाडौं।
सशस्त्र प्रहरी बल, नेपालले जेनजी समुहले प्रदर्शनका क्रममा केही व्यक्ति तथा समूहले नियन्त्रणमा लिएका सुरक्षा निकायका हातहतियार, गोली-गठ्ठा, पोशाक, सञ्चार साधनलगायतका सुरक्षासँग सम्बन्धित सामग्रीहरू फिर्ता गर्न अनुरोध गरेको छ।
नियन्त्रणमा लिई फिर्ता गरेकालाई हार्दिक धन्यवाद दिँदै सशस्त्र प्रहरी बलले उक्त सुरक्षा सामग्रीहरू दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालहरूमा फोटो/भिडियो देखिने गरेको भन्दै चिन्ता व्यक्त गरेको छ।
सशस्त्र प्रहरी बलले, कसैले ती सामग्रीहरू फेला पारेको वा लुकाई राखेको खण्डमा तत्काल नजिकको सशस्त्र प्रहरी बल, नेपालको कार्यालयमा सम्पर्क गर्न वा सशस्त्र प्रहरी बलको टोल फ्री नं. ११११ मा जानकारी गराउन अनुरोध गरेको छ। साथै, अन्य सुरक्षा निकायहरूमा जानकारी गराउन पनि आग्रह गरिएको छ।