डा. गोविन्द केसीको तीन दिने सत्याग्रह सुरु
२०८२ भाद्र १५ गते आइतबार, काठमाडौं।
प्रा.डा. गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै तीन दिने सत्याग्रह सुरु गरेका छन्। उनले आइतबार धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै सत्याग्रह थालेको घोषणा गरेका हुन्।
डा. केसीले निजी कलेजलाई सिट वृद्धि दिने सरकारको निर्णयले शिक्षा र स्वास्थ्यको गुणस्तर खस्काउने दाबी गर्दै तत्काल फिर्ता लिन माग गरेका छन्। उनले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्नुपर्ने, गेटा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने तथा अघिल्ला सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्।