१५ आश्विन २०८३, बिहीबार

काठमाडौंमा जुवाको खालबाट १० जना पक्राउ, ५० हजार नगद बरामद

208

२०८२ असार २७ गते शुक्रबार, काठमाडौं।

काठमाडौंको बालाजु क्षेत्रबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१६, गुम्बा चोकस्थित एक घरमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो ।

प्रहरी वृत्त बालाजुबाट बिहीबार दिउँसो खटिएको प्रहरी टोलीले स्थानीय ५८ वर्षीय अमृत पुलामीको घरमा छापा मारेको थियो । सो क्रममा घरधनी पुलामीसहित १० जनालाई जुवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट नगद ५० हजार २ सय ९० रुपैयाँ र ४ बुक ताससमेत बरामद गरेको छ ।
पक्राउ परेका सबैलाई प्रहरी वृत्त बालाजुमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

Author

Leave A Reply

Your email address will not be published.