३० भाद्र २०८३, मंगलवार

काठमाडौं केन्द्रित शिक्षकहरूको प्रदर्शन आज पनि जारी

225

२०८१ चैत्र २१ गते बिहिबार ।


काठमाडौं केन्द्रित शिक्षकहरूको प्रदर्शन आज पनि जारी नै रह्यो । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बबरमहल हुँदै शिक्षकहरू नयाँबानेश्वरतर्फ लागेका थिए । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रदर्शन थालेका हुन् । यसअघि धर्ना र अनशनलगायत आन्दोलनका कार्यक्रम गरेका शिक्षक माग सुनुवाइ नभएको भन्दै काठमाडौं केन्द्रित भएर सडकमा उत्रिएका हुन् । माग पुरा नभएसम्म काठमाण्डौ नछोड्ने उनीहरुको अडान रहेको छ।

Author

Leave A Reply

Your email address will not be published.