म्यानमारबाट उद्धार गरेर थप एक नेपालीलाई स्वदेश फर्काइयो
दलालको प्रलोभनमा परेर म्यानमार पुर्याइएकी एक नेपाली महिलालाई स्वदेश फर्काइएको छ ।
म्यानमारको मेवाडीमा अलपत्र परेपछि उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै ५ जनालाई थाइल्याण्डमा ल्याइएकोमा चार जना (पुरुष) डिसेम्बर १७ मा स्वदेश फर्किसकेकामा मंगलबार बाँकी एक जना महिलालाई पनि मंगलबार स्वदेश पठाइएको थाइल्याण्डस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
डिसेम्बर १७ मा थाइ सरकारी निकाय आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा ४ जनालाई नेपाल फर्काइएको थियो । जसअनुसार म्यानमारबाट उद्धार भएकी बाँकी एक महिलालाई पनि मंगलबार नेपाल पठाएको दूतावासले जनाएको छ ।