२९ भाद्र २०८३, सोमबार

पोखरामा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

228

गण्डकी आयुर्वेद अस्पताल, कास्कीको आयोजनामा शनिबार पोखरा महानगरपालिका वडा नं. २८ को कालिका स्वास्थ्य चौकीमा बृहत नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ।

पोखरा महानगरपालिका २८ नं वडाको आयोजनामा भएको सो शिविरमा महानगरपालिकाको स्वास्थ्य महाशाखा, कालिका स्वास्थ्य चौकी, माझठाना स्वास्थ्य चौकीको समन्यव रहेको थियो।

कुल ४२२ जनाले सेवा लिएको शिविरमा १०५ जनाको निःशुल्क सुगर र पिसाव परीक्षण साथै ३७ जनाको एकांग स्नेहन स्वेदन एवं २० जनालाई कपिंग सेवा पनि प्रदान गरिएको थियो।

Author

Leave A Reply

Your email address will not be published.