काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशाला
मेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’को सहयोगमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको छ ।
फाउण्डेशनको सहयोगमा १५ कम्प्युटर, स्मार्टबोर्ड एक , पाँच स्मार्ट टिभी, ल्यापटप, प्रोजेक्टर एक , फोटोकपी मेसिन तथा प्रयोगशालाका लागि फर्निचर र कार्पेट व्यवस्थापन गरिएको हो । रु १६ लाखको सहयोगमा उक्त प्रयोगशाला व्यवस्थापन भएको विद्यालयका प्रधानाध्यापक गोविन्द चिमौरियाले जानकारी दिनुभयो । उनका अनुसार २०५३ सालमा स्थापना गरी कक्षा ३ बाट सुरु गरिएको विद्यालयमा हाल कक्षा ८ सम्म एक सय ७३ विद्यार्थी अध्ययनरत छन् ।
स्थापित प्रयोगशालाको नमोबुद्ध–४ का वडाध्यक्ष अर्जुनबहादुर कार्की र फाउन्डेसनका निर्देशक ८१ वर्षीया रोसालिण्ड रुसेलले संयुक्त रूपमा शुभारम्भ गरे । उक्त विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापनाले विद्यार्थी खुसी भएका छन् । विद्यालयको बाल क्लबको अध्यक्ष कक्षा ८ मा अध्ययनरत अनिषा लामाले आफ्नो विद्यालयमा कम्प्युटर सिक्न पाउँदा निकै खुसी भएको बताए । उनले भने, “हामीले कम्प्युटर चलाउन कि त बजारका साइबर धाउनुपथ्र्यो, कि त मोबाइलमा मात्र कम्प्युटर शिक्षा लिएको र चलाएको देख्न पाउथ्यौँ, आज अमेरिकन संस्थाले हाम्रै विद्यालयमा ल्याबको स्थापना गरिदिएपछि हामी सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले सानै उमेरदेखि कम्प्युटर शिक्षा लिन तथा अभ्यास गर्न पाएकोमा निकै खुसी भएका छौँ ।”