२३ जेष्ठ २०८३, शनिबार

हरिवंश र दयाहाङ अभिनित फिल्म ‘भूठान’ बैशाख १२ गते आउने

180

निर्देशक विनोद पौडेलको दोस्रो फिल्म ‘भूठान’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार एक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी म्याड मङ्की फिल्म्सले आगामी वर्षको बैशाख १२ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्यलाई केन्द्रमा राखिएको छ । निराश भावमा देखिएका उनको कपाल र दाह्री सेतै फुलेको छ । हलिउड अभिनेता ब्रुस डर्न र दयाहाङ राईलाई पनि पोस्टरमा देख्न सकिन्छ । दयाहाङ अमेरिकी आर्मीको पोशाकमा चित्रित छन् । पोस्टरमार्फत् पात्रको लुक्स र मनोदशा दर्शाउन खोजिएको छ ।

निर्देशक पौडेल स्वयंको लेखन रहेको फिल्ममा अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीलगायतको पनि अभिनय छ । हलिउडका केही प्राविधिकहरुको पनि संलग्नता रहेको फिल्मको निर्मातामा विनोद पौडेल, अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताव जोशी, सशांक मैनाली र किर्तना बाँस्कोटा रहेका छन् ।

Author

Leave A Reply

Your email address will not be published.