२३ जेष्ठ २०८३, शनिबार

आहा! रारा पोखरा गोल्डकपमा टिम छनौट हुदै

148

जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ।आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब सहित ७ ए डिभिजन टोली छन् । जसमा लिग विजेता चर्च ब्वाइज युनाइटेड, थ्रीस्टार क्लब, मच्छिन्द्र एफसी, नेपाल पुलिस क्लब,संकटा क्लब, एनआरटी छन् । त्यस्तै एपिएफ फुटबल क्लब, ब्रिगेड ब्वाइज फुटबल क्लब युके र आयोजना सहारा छन् । अन्य २ विदेशी टोलीसँग सहभागिताका बारेमा छलफल भइरहेको सहाराले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.