३० भाद्र २०८३, मंगलवार

महिला क्रिकेट टोलीले त्रिकोणात्मक सिरिज खेल्ने

208

नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गर्दै सिरिज माघ १७ देखि २५ (जनवरी ३० देखि फेब्रुअरी ७) गतेसम्म हुने जनाएको छ । त्रिकोणात्मक सिरिज नेपालका, नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीको सहभागिता रहनेछ । सिरिजका सबै खेल कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा हुनेछ । सिरिजकाे खेल तालिकामा अनुसार नेपालको पहिलो खेल उद्घाटनकै दिन नेदरल्याण्ड्ससँग हुनेछ । सिरिजमा हरेक टाेलीले हरेकसँग तीन पटक खेल्नेछन् । लिग चरणकाे अंकतालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।नेपाली महिला टोलीले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो टि ट्वान्टी आई सिरिज हो । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो ।

Author

Leave A Reply

Your email address will not be published.