टी२० विश्वकप खेल्न जाने नेपालि महिला टिमलाई क्यानले गर्यो बिदाइ
नेपाली यू–१९ महिला टिमलाई नेपाल क्रिकेट संघ क्यानले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो । मलेसियामा हुन लागेको आईसीसी यू-१९ महिला टी२० विश्वकप खेल्न जाने नेपालि महिलालाई बिदाइ गरेको हो। टिम भोलि शनिबार दिउँसो मलेसिया प्रस्थान गर्नेछ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्माले शुभकामना सहित टोलीको बिदाइ गरेका हुन् ।