३ बैशाख २०८३, बिहीबार

दुई पक्षीय भिडन्त रहेको बेलबारीमा महेन्द्र सुवेदीको पल्ला भारी ,

2,052

बेलबारी / वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा  मोरङ जिल्लाको बेलबारी नगरपालिकामा नेपाली कांग्रेस मेयर पदकाउम्मेदवार महेन्द्र सुवेदीको चर्चा चुलिदै गएको

सुवेदीलाई जनता समाजवादी पार्टीको समर्थन पश्चात जित लगभग सुनिश्चित रहेको नेपाली कांग्रेस बेलबारी नगर सभापति छत्र लिम्बुलेबताएका छन

बेलबारीमा एक छत्र राज गर्दै आएको नेकपा एमालेको विरासत तोड्ने दाउमा देखिएका छन सुवेदी नेकपा एमाले तर्फका मेयरकाउम्मेदवार दिल प्रसाद राई (डि.पि) ले भने आफु संग हजारौ विधार्थीको साथ रहेको बताएका छन

बेलबारीमा नेपाली कांग्रेसका मेयर उम्मेदवार महेन्द्र सुवेदी नेकपा एमालेका मेयर उम्मेदवार दिल प्रसाद राई बिच कडा प्रतिस्पर्धा हुनेदेखिन्छ बिगत दशकदेखि राजनीतिमा सक्रिय सुवेदीको पल्ला भारी रहेको बिभिन्न राजनीतिक दलहरूले बताएका छन

मेयर पदमा माओबादी केन्द्रबाट नगेन्द्र खडका,एकिकृत समाजवादी पार्टीबाट भुपाल बस्नेत,राप्रपाबाट खेम गौतम लगायत समेत चुनावीदौडमा रहेका छन

Author

Leave A Reply

Your email address will not be published.