१ आश्विन २०८३, बिहीबार

कांग्रेसलाई एकताबद्ध बनाउन नेता डा. शेखर कोइरालाको आह्वान

20
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले असोज १ गते एक प्रेस वक्तव्य जारी गर्दै पार्टीभित्र देखिएको आन्तरिक विभाजन र आसन्न दुई महाधिवेशनका सन्दर्भमा गहिरो चिन्ता व्यक्त गर्नुभएको छ।
देश र पार्टी दुवै गम्भीर मोडमा उभिएको उल्लेख गर्दै उहाँले संस्थापक नेता बिपी कोइरालाका आदर्श, निष्ठा र मध्यमार्गी बाटोलाई पछ्याएर सबैलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा बाढी-पहिरोका कारण जनता पीडामा परेका बेला कानुनी र विधानका धारामा अल्झिएर मानवीय संवेदनाबाट विमुख नहुन आग्रह गर्दै उहाँले पार्टी विभाजनले कसैको पनि हित नगर्ने स्पष्ट पार्नुभएको छ।
पार्टीभित्र कोही हार्ने र कोही जित्ने प्रतिस्पर्धा संस्कारविपरीत भएको बताउँदै डा. कोइरालाले गाउँ, टोलदेखि केन्द्र र विदेशमा रहेका सम्पूर्ण कार्यकर्ताहरूलाई पार्टी एकताको अभियानमा जुट्न अपिल गर्नुभएको छ।

Author

Leave A Reply

Your email address will not be published.