२९ भाद्र २०८३, सोमबार

रसुवागढी हाइड्रोको सुरुङमा कोही भेटिएनन्, नेपाली सेनाको उद्धार टोली फर्कियो

57

रसुवा ।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र गरिएको खोजी कार्य सम्पन्न भएको छ। सुरुङभित्र मानिसहरू फसेको आशंकामा खटिएको नेपाली सेनाको नेतृत्वको टोलीले कोही पनि फेला नपरेपछि खोजी कार्य टुङ्ग्याएको हो।

सुरुङको अन्तिम भागमा कामदार वा अन्य व्यक्तिहरू फसेको हुनसक्ने आशंका गरिएपछि सेनाले इन्जिनियर र ड्रोन टोलीसहित विशेष खोजी अभियान चलाएको थियो। उद्धार टोलीले सुरुङको अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनको समेत प्रयोग गरी सुक्ष्म रूपमा खोजी गरेको थियो।

सुरुङभित्र मानवीय उपस्थिति नरहेको पुष्टि भएपछि खोजी कार्य समाप्त गरी नेपाली सेनाको टोली रसुवाको सदरमुकाम धुन्चे फर्किएको छ। बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याए पनि सुरुङभित्र मानवीय क्षति नभएको यसले पुष्टि गरेको छ।

Author

Leave A Reply

Your email address will not be published.