३० भाद्र २०८३, मंगलवार

शैक्षिक परामर्श क्षेत्रका समस्या र सुधारबारे शिक्षा मन्त्रालयमा छलफल

53

काठमाडौँ, ७ साउन । शिक्षा मन्त्रालयले आज शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका समस्या र नीतिगत सुधारका विषयमा सरोकारवालाहरूसँग छलफल गर्दैछ। शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने यस छलफलमा कन्सल्टेन्सी व्यवसायलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर कुराकानी हुनेछ।

मन्त्रालयका अनुसार छलफलमा इक्यान, फेकन, जालसान, नायर लगायत शैक्षिक परामर्श क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ। विशेष गरी ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा नियमावली, २०८३’ र व्यवसायीले भोगिरहेका वर्तमान चुनौतीबारे सरोकारवालाको सुझाव संकलन गरिनेछ।

शिक्षामन्त्री पोखरेलले पछिल्लो समय सरोकारवालाको सुझावका आधारमा शिक्षा क्षेत्रमा नीतिगत सुधार र समन्वयलाई प्राथमिकता दिँदै आउनुभएको छ।

Author

Leave A Reply

Your email address will not be published.