१४ श्रावण २०८३, बिहीबार

कालिकोटमा पहिरोले घट्ट पुरिँदा दुई जनाको मृत्यु

44

कालिकोट: कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-६ काप्रिखोलामा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन् ।

आज बिहान घट्टमा अन्न पिस्न गएका बेला माथिबाट खसेको पहिरोले पुरिएर उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी चौकी मेहलमुडीबाट खटिएको टोलीले पहिरोमा पुरिएका उनीहरूको शव निकालेको थियो । पहिरोले घट्टको आधा भागमा समेत क्षति पुर्‍याएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.