३० जेष्ठ २०८३, शनिबार

वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने ६ जना पक्राउ

41

काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा हुम बहादुर कुँवर, लोकेन्द्र बस्नेत, तोरण कुमार कार्की, रबिन्द्र खत्री, निरज गुरूङ र रिन्कु कुमारी रौनियार रहेका छन्। उनीहरूले बेलायत, हङकङ, सर्बिया, बुल्गेरिया र आइसल्याण्ड पठाइदिन्छु भन्दै १३ जनाभन्दा बढी पीडितहरूबाट कुल १ करोड १८ लाख ५६ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

सबैभन्दा धेरै हुम बहादुर कुँवरले युके पठाइदिने भन्दै ८८ लाख ७० हजार ठगी गरेको पाइएको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

Author

Leave A Reply

Your email address will not be published.