३० जेष्ठ २०८३, शनिबार

स्वदेशी उत्पादन प्रवद्र्धनमा सरकारको जोड: प्रधानमन्त्री र मन्त्रीहरूलाई डीडीसीको प्याकेज वितरण

39

काठमाडौँ । सरकारले स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्ने अभियान अन्तर्गत सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको बजार विस्तारमा विशेष अग्रसरता देखाएको छ।

मन्त्रिपरिषद्को बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले डीडीसीको उत्पादन प्रवद्र्धन, किसानको हित र संस्थानको सुदृढीकरणका लागि विशेष एजेन्डा प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा उहाँले प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका उत्पादनहरूको प्याकेज समेत वितरण गर्नुभयो।

प्रधानमन्त्री शाहले डीडीसीका उत्पादनहरूको प्रवद्र्धन गर्दै स्वदेशी वस्तुको उपभोग बढाउन बलियो सन्देश दिनुभएको छ। शुद्ध र गुणस्तरीय दुग्धजन्य पदार्थको उपभोग सुनिश्चित गर्दै नेपाली किसानलाई उचित बजार दिलाउन सरकारले यस्तो कदम चालेको हो।

Author

Leave A Reply

Your email address will not be published.