२ आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री बालेन्द्र शाह र युरोपेली संघका राजदूतहरूबीच संयुक्त भेटवार्ता

74

काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा काठमाडौँ र नयाँ दिल्लीस्थित विभिन्न युरोपेली राष्ट्रका कूटनीतिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो। भेटघाटका क्रममा नेपाल र युरोपेली संघबीचको द्विपक्षीय हित, आपसी सम्बन्ध तथा सहकार्यका विविध विषयमा छलफल भएको बताइएको छ।

यस भेटलाई नेपाल र युरोपेली राष्ट्रहरूबीचको कुटनीतिक सम्बन्ध थप मजबुत बनाउने कडीका रूपमा हेरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.