सगरमाथा बेस क्याम्प – हिमालको काखमा संसारकै साहसिक गन्तव्य
२०८३ जेठ १० गते आइतबार काठमाडौं।
विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार क्षेत्र सगरमाथा बेस क्याम्प अहिले पर्यटक तथा आरोहीहरूको मुख्य आकर्षण बनेको छ । चारैतिर सेताम्मे हिमाल, चिसो हावा र साहसिक यात्राको अनुभूति लिन हजारौं आन्तरिक तथा विदेशी पर्यटक यहाँ पुग्ने गरेका छन् ।
समुद्री सतहबाट करिब ५,३६४ मिटर उचाइमा रहेको बेस क्याम्पबाट हिमाली दृश्य अवलोकन गर्न सकिन्छ । आरोहण सिजनमा विभिन्न देशका पर्वतारोहीहरूको चहलपहलले क्षेत्र अझ आकर्षक बनेको देखिन्छ ।
प्राकृतिक सौन्दर्य, साहसिक यात्रा र हिमाली संस्कृतिको अद्भुत संगमका रूपमा सगरमाथा बेस क्याम्प विश्वभर परिचित रहेको छ ।
हेर्नुस तस्बिर :







तस्बिरहरु : प्रदिप प्रसाद कोइराला