३ आश्विन २०८३, शनिबार

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बिहीबार बस्दै

77

नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आगामी बिहीबार (२०८३ वैशाख २४ गते) संवैधानिक परिषद्को बैठक बोलाइएको छ। प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद् सचिवालयले अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक आह्वान गरेको हो।

बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ। बैठकमा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे लगायत परिषद्का सदस्यहरूलाई पत्राचार गरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.