संविधान संशोधनको बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरूसँग छलफल गर्दैछ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले दिउँसो ३ देखि ५ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परामर्श गर्न लागेको हो।
छलफलका क्रममा संविधान संशोधनका विषयमा सहभागीहरूबाट आवश्यक सुझाव संकलन गरिने कार्यदलले जनाएको छ।