८ बैशाख २०८३, मंगलवार

विमानस्थलमा भीड कम गर्न कडाइ: एक यात्रुको बिदाइमा बढीमा ३ जना मात्र आउन पाउने

14

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल हाताभित्र हुने अत्यधिक भीडभाड नियन्त्रण गर्न यात्रुका आफन्तलाई सीमित संख्यामा मात्र आउन पुनः आग्रह गरेको छ ।

विमानस्थल प्रशासनका अनुसार एकजना यात्रुलाई बिदाइ गर्न १० जनासम्म आफन्त आउँदा भीड बढेर सुरक्षा चुनौती थपिनुका साथै हवाइ यात्रुको आवागमनमा बाधा पुगेको छ । यसअघि पटक–पटक सूचना जारी गर्दा पनि भीड कम नभएपछि प्रशासनले अब एक यात्रु बराबर बढीमा ३ जना मात्र आएर सहयोग गरिदिन अनुरोध गरेको हो । विमानस्थलको सुरक्षा र यात्रुको सुविधालाई ध्यानमा राख्दै यो नियम पालना गर्न कार्यालयले पुनः सूचित गरेको छ ।

Author

Leave A Reply

Your email address will not be published.