४ आश्विन २०८३, आईतवार

पोखरामा होटलमा काम लगाइदिने बहानामा अनैतिक कार्य गराउने ४ जना पक्राउ

98

पोखरा । पोखराका विभिन्न खाजाघरमा होटलको काम लगाइदिने प्रलोभन देखाई महिलाहरूलाई अनैतिक कार्यमा लगाएको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा-२६ का ५० वर्षीय विष्णु बहादुर राजभाट, भारतीय नागरिक ३१ वर्षीय अमिर उल्ला मिया र मोरङ तथा सिन्धुली घर भएका दुई जना महिला रहेका छन्। पोखरा-८ जाल्पारोडका खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा कास्की प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पीडितहरूलाई राम्रो तलब र सेवा सुविधाको प्रलोभन देखाई अनैतिक कार्यमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकाहरूमाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.