प्रधानमन्त्री र गृहमन्त्रीलाई धम्की दिने २० वर्षीय युवक पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा प्रहरीले बझाङका २० वर्षीय साजन बिष्ट (सानु भाइ) लाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई शनिबार सिनामंगलबाट पक्राउ गरेको हो। बिष्टले फेसबुकमा भिडियो पोस्ट गर्दै पूर्व प्रधानमन्त्री केपी ओलीसहितका नेताहरूलाई रिहा नगरे एके–४७ प्रयोग गरी प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएका थिए।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत थप अनुसन्धान र कारबाहीका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ।